नेप्सेमा १२.३६ अंकको करेक्सन, कारोबार रकम साढे ७ अर्ब माथि

क्लिकमान्डु २०७८ वैशाख २० गते १५:३८ मा प्रकाशित

काठमाडौं । आइतबार उछाल देखिएको सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन देखिएको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २६५२.७५ अंकमा सीमित भएको छ ।

यो दिन कारोबार रकममा भने उत्साह नै देखिएको छ । १ करोड ५९ लाख ८ हजार ४८९ कित्ता सेयर ७ अर्ब ५२ करोड ९२ लाख ८३ हजार ८६ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन ७३ वटा कम्पनीको सेयर मूल्य घट्दा १३० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, नगाडी ग्रुप पावर लिमिटेड र सिंगटी इनर्जी कम्पनी छन् ।

त्यसका साथै आजको कारोबारमा सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, हिमालयन पावर पार्टनर, रसुवागढी हाइड्रोपावर कम्पनी, जानकी फाइनान्स र सिन्धु विकास बैंक छन् ।

उपसमूहतर्फ लगानी र माइक्रोफाइनान्सबाहेककामा गिरावट देखिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स