नेशनल लाइफको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त, स्वीकृतीका लागि बीमा समिति पठाइयो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।

उनलाई शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

उनी यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बीमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु