नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न स्वीकृति पायो



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्दान्तिक स्वीकृति प्राप्त गरेको छ ।

धादिङको धादिङबेशीस्थित केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रालाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकबाट वैशाख १५ गते स्वीकृति पाएको हो ।

दुबै संस्थाका सञ्चालक समितिले आ-आफ्नो साधारणसभाबाट अख्तियारी लिइ प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए ।

  


क्लिकमान्डु