मनाङ मर्स्याङदी जलविद्युत् आयोजनामा भित्रिए विदेशी लगानीकर्ता



काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका लागि विदेशी लगानीकर्ता भित्रिएका छन् ।

बुटवल पावर कम्पनीको पूर्णस्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लाको चामे नासोङ गाउँपालिकास्थित मस्र्याङदी नदीमा निर्माण गर्न लागेको १३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका विदेशी लगानीर्ताहरु भित्राएको हो ।

अब उक्त कम्पनीको सेयरमा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एससीआइजी इन्टरनेशनल लिमिटेडको नाममा ४९.४७ प्रतिशत, छिङजोङ इन्टरनेशनल इन्भेस्टमेन्ट कम्पनी लिमिेटको नाममा १६.४९ प्रतिशत र क्यूआइईसी इन्टरनेशनल कम्पनी लिमिटेडका नाममा ११.६४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता गत चैत ९ गते भइसकेको छ । साथै वित्तीय व्यवस्थापनका कार्य प्रक्रियामा रहेको कम्पनीले जानकारी दिएको छ । सो कार्य छिट्टै सम्पन्न गरी निर्माण कार्य शुरु गर्ने र सन् २०२५ को मार्च महिनाभित्र निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।


क्लिकमान्डु