पुनर्बीमा कम्पनीको लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन, के चाहिन्छ मापदण्ड ?



काठमाडौं बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको

समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको हो

पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ

साथै हाल नेपालमा एउटमा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा नयाँ आवेदनकले हाल सञ्चालन भइरहेको उक्त कम्पनीमा लगानी गरेको भए आवेदन दिन नपाउने समितिको भनाइ

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन्


क्लिकमान्डु