९ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पौने ९४ अर्ब बीमा शुल्क, शीर्ष स्थानमा नेपाल लाइफ



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले करिब पौने ९४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

सो बीमा शुल्क जीवन बीमा कम्पनीहरुले २०७७ असार मसान्तयता ०७७ चैत मसान्तसम्म प्रथम र नवीकरण तथा वैदेशिक बीमा शुल्क कुल ९३ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

हाल जीवन बीमाका क्षेत्रमा १९ वटा कम्पनीहरुले व्यवसाय गरिरहेका छन् । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले र सबैभन्दा थोरै बीमा शुल्क संकलन महालक्ष्मी लाइफको रहेको बीमा समितिद्वारा उपलब्ध तथ्यांकले देखाएको छ ।

 

चालु आवको चैत मसान्तसम्म ५ वटा कम्पनीको बीमा शुल्क संकलन ५ अर्ब रुपैयाँमाथि २५ अर्ब ३८ करोड रुपैयाँसम्म, १३ वटा कम्पनीको १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र एक वटा कम्पनीको १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्क संकलन रहेको छ ।

जसमध्ये नेपाल लाइफले २५ अर्ब २८ करोड रुपैयाँ, एलआइसीले १३ अर्ब ६६ करोड रुपैयाँ, नेशनल लाइफले ८ अर्ब ७५ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९१ करोड रुपैयाँ, युनियन लाइफले ५ अर्ब १६ करोड रुपैयाँ र एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी, सो अवधिमा मेट लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, सु्र्य लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब १० करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ५ करोड रुपैयाँ र सिटिजन्स लाइफले २ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

साथै, सो अवधिमा रिलायबल नेपाल लाइफले २ अर्ब ३२ करोड रुपैयाँ, ज्योति लाइफले २ अर्ब २८ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब ९१ करोड रुपैयाँ र आइएमई लाईफले १ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी, चालु आवको चैत मसान्तसम्म सन नेपालले १ अर्ब ६८ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु