गरिमा विकास बैंकको गरिमा ऋणपत्र ८.७५% को बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ८.७५ प्रतिशत गरिमा ऋणपत्रको निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरिएको छ ।

बंैकले १ हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुने १ अर्ब रुपैयाँ रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

गरिमा विकास बैंकले २०६४ साल सावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र मिति २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको थियो ।

बैंकले २०६४ कात्तिक १८ मा स्याङजाबाट वित्तीय कारोबारहरु शुरु गरेको हो । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रीय कार्यालय महेन्द्रपुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाडौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालय सञ्चालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बैशाख १५ गते हस्ताक्षर गरे ।


क्लिकमान्डु