निषेधाज्ञाको अघिल्लो दिन १३.७९ अंकले घट्यो नेप्से, कारोबार रकम करिब ४ अर्ब
काठमाडौं । मंगलबार ९२ अंकले बढेको नेप्से परिसूचकमा बुधबार गिरावट देखिएको छ । बुधबारको कारोबारमा ८९ लाख ६५ हजार ५८८ कित्ता सेयर जम्मा ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २३६ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा महिला लघुवित्त, बिशाल बजार कम्पनी, सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स र नारायणी डेभलपमेन्ट कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, राइराङ हाइड्रोे डेभलपमेन्ट, सिन्धु विकास बैंक र नेशनल हाइड्रो पावर कम्पनी छन् ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा एनसीसी बैंक, माथिल्लो तामाकोसी, एचआईडीसीएल, नेपाल पुनर्बीमा कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन् ।
यो दिनको कारोबारमा उपसमूहतर्फ म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङको बाहेक सबै घटेको छ ।