नागरिक लगानी कोषको चुक्ता पुँजी बढाउन सरकारले दियो अनुमति



काठमाडौं । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको चुक्तापुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृति दिने समेत निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

हाल नागरिक लगानी कोषको चुक्ता पुँजी ३ अर्ब ३ सय रुपैयाँ छ । कोषको यसअघि चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८.८९ प्रतिशत बराबरको २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ २६ पैसा नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको थियो ।

अर्थमन्त्रालले उक्त लाभांश स्वीकृत गरेको छ । उक्त लाभांश स्वीकृत भएसँगै अब कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु