सिंगटी हाइड्रो इनर्जीको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । केही समय अघि आइपीओ जारी गरेको सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता आइपीओ नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख कित्ता सेयर, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको १४ लाख ५० हजार कित्ता सेयर र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १५ लाख कित्ता सेयर दोस्रो बजारमा सूृचिकृत भएको हो ।
कम्पनीको दोस्रो बजारमा सेयर कारोबार भोलिदेखि हुनेछ । कम्पनीले ओपनिङ रेञ्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म प्राप्त गरेको छ ।