कोरोनासँग लड्न दिल्लीमा एक महिनाभित्र ४४ वटा अक्सिजन प्लान्ट लगाइने



काठमाडौं । यति बेला छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च विन्दुमा छ । दैनिक लाखौं कोरोना संक्रमित थपिएका छन् ।

यस्तो अवस्थामा भारतको राजाधानी नयाँ दिल्लीमा लकडाउनलाई जारी राखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दिल्लीका अस्पतालमा बेड पाउन पनि निकै गाह्रो अवस्था सिर्जना भएको छ । दिल्लीसहित सम्पूर्ण भारतमा अक्सिजनको अभाव हुँदै जाँदा कैयन बिरामीको मृत्यु समेत भइसकेको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै दिल्लीका मुख्यमन्त्री अरबिन्दर केजरीवाललले एक महिनाभित्रमा दिल्लीमा ४४ वटा अक्सिजन प्लान्ट लगाउने घोषणा गरेका छन् । अक्सिजनको कमी अभाव हुन नदिनका हाल दिल्ली सरकारकाले लागि बैंककबाट १८ट्यांकल अक्सिन तथा फ्रान्सबाट २१ अक्सिजन प्लान्ट मगाएको छ ।

यसका साथै एक महिनाभित्रै ४४ वटा अक्सिजन प्लान्ट लगाउने र कमी पूरा गर्ने योजना रहेको उनले बताएका छन् ।


क्लिकमान्डु