दर्जन वाणिज्य बैंकले ९ महिनामा कमाए २१ अर्ब, सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा कुमारी बैंक



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा दर्जन वाणिज्य बैंकले २१ अर्ब ३६ करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।
हालसम्म १२ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । वित्तीय विवरण प्रकाशित गरेका दर्जन बैंकको खुद नाफा गत आवको चैत मसान्तको तुलनामा ११.३२ प्रतिशतले वृद्धि भएको छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको खुद नाफाको वृद्धिदर भने सबैभन्दा बढी कुमारी बैंक र सबैभन्दा थोरै कृषि विकास बैंकको रहेको छ भने एभरेष्ट बैंक र हिमालयन बैंकको नाफा गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ ।

तर हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा सबैभन्दा बढी खुद नाफा पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ भने सबैभन्दा थोरै खुद नाफा सिद्धार्थ बैंकले आर्जन गरेको छ ।

चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण हालसम्म कुमारी, नेपाल बंगलादेश, सिद्धार्थ, प्रभु, सिटिजन्स, सिभिल र नेपाल बैंकले प्रकाशित गरेको छन् । साथै, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, कृषि विकास, एभरेष्ट र हिमालन बैंकले पनि वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कुमारी बैंकः  बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ७८.५८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तमा १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा ७९ करोड रुपैयाँले थप गरी १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

 

नेपाल बंगलादेश बैंकः बैंकले ६३ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६३.०२ प्रतिशत अर्थात् ६३ करोड ३३ लाख रुपैयाँ थप गरी १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

 

 

सिद्धार्थ बैंकः बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा खुद नाफा ५४.१२ प्रतिशतले बढाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा ७२ करोड ५२ लाख रुपैयाँले थप गरी २ अर्ब ६ करोड ५२ लाख पुर्याएको छ ।

 

 

प्रभु बैंकः  बैंकले चालु आवको ९ महिनामा ४४.०८ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६४ करोड ५४ लाख रुपैयाँ थप गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

 

 

सिटिजन्स बैंकः बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा खुद नाफा ४१.६१ प्रतिशतले बढाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा ४५ करोड ४० लाख रुपैयाँले थप गरी १ अर्ब ५४ करोड ५३ लाख पुर्याएको छ ।

 

 

सिभिल बैंकः  बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ३९.३९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तमा ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा १४ करोड २० लाख रुपैयाँले थप गरी ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

 

नेपाल बैंकः बैंकले चालु आवको तेस्रो त्रैमाससम्म खुद नाफा १३.३१ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले खुद नाफा २६ करोड ५६ लाख रुपैयाँले थप गरी २ अर्ब २६ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकः चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले खुद नाफा १०.६१ प्रतिशतले वृद्धि गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले १२ करोड ३७ लाख रुपैयाँले खुद नाफा बढाएको हो । बैंकले गत आवको समीक्षा अवधिमा खुद नाफा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा बढाएर १ अर्ब २९ करोड ६ लाख पुर्याएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकः  बैंकले ९ महिनामा ३ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा आर्जन गरेको खुद नाफामा ७.७० प्रतिशतले थप गरी चालु आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको हो । गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कृषि विकास बैंकः  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकासको खुद नाफामा १.३९ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवको चैत मसान्तमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा २ करोड ८२ लाख रुपैयाँ थप गरी २ अर्ब ७ करोड ३० लाख रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट बैंकः  गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकको खुद नाफा ३५.९३ प्रतिशतले घटको छ । बैंकले गत आवको चैत मसान्तमा २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा २८ करोड १४ लाख रुपैयाँले घटेर १ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ ।

हिमालयन बैंकः  गत आवको चैत मसान्तको तुलनामा बैंकको खुद नाफा चालु आवको सोही अवधिमा ४४.४५ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १ अर्ब २ करोड रुपैयाँले घटेको १ अर्ब २८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु