एभरेष्ट बैंकको नाफा ३५.९२ प्रतिशतले घट्यो



काठमाडौं । एभरेष्ट बैंकले चालु आवको तेस्रो त्रैमासमा नाफा ३५.९२ प्रतिशतले घटाएको छ ।

गत आवको सोही अवधिमा २ अर्ब ३५ करोड २६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा घटाएर १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँमा सीमित गराएको छ ।

यस अवधिमा बैंकको निक्षेपमा भने वृद्धि भएको छ । गत आवको समीक्षा अवधिमा निक्षेप संकलन १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन बढाएर १ खर्ब ५५ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

कर्जा प्रवाहतर्फ बैंकले गत आवमा १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा बैंकले १ खर्ब २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको रिजर्भमा ९ अर्ब ४२ करोड ३३ लाख ६६ हजार रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा ०.१२ प्रतिशत, कस्ट अफ फण्ड ४.५५ प्रतिशत, सीसीडी रेसियो ७०.०५ प्रतिशत, बेस रेट ६.१० प्रतिशत, स्प्रेड रेट ३.३६ प्रतिशत छ ।


क्लिकमान्डु