माछापुछ्रे बैंकको नाफा १०.६१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आवको तेस्रो त्रैमाससम्ममा माछापुछ्रे बैंकले नाफा १०.६१ प्रतिशतले वृद्धि गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो ।
बैंकले गत आवको समीक्षा अवधिमा नाफा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा नाफा बढाएर १ अर्ब २९ करोड ६ लाख पुर्याएको छ ।
बैंकले समीक्षा अवधिमा निक्षेप संकलनमा २०.५६ प्रतिशतले पनि वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँ गरेकोमा बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ गरेको छ ।
त्यसैगरी कर्जा प्रवाहतर्फ बैंकले वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा ९२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेकोमा बैंकले चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढाएर १ खर्ब १२ अर्ब ५७ करोड पुर्याएको छ ।
बैंकको रिजर्भममा १२ अर्ब ६१ करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ८४ करोड ६० लाख रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.५१ प्रतिशत, कस्ट अफ फण्ड ५.१० प्रतिशत, सीसीडी रेसियो ८०.३९ प्रतिशत, बेस रेट ७.०९ प्रतिशत र स्प्रेड रेट ४.०४ प्रतिशत छ ।