हिमालयन बैंकको नाफा १ अर्बबढीले घट्यो



काठमाडौं । हिमालयन बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले गत आवको सोही अवधिको तुलनामा ४४.४४ प्रतिशत अर्थात् १ अर्ब २ करोड ९९ लाख ५६ हजार ५२९ रुपैयाँले नाफा घटाएको छ ।

बैंकले गत आवको सोही अवधिमा कुल २ अर्ब ३१ करोड ७१ लाख १३ हजार ९९९ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले यस अवधिमा निक्षेप संकलन भने बढाएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा निक्षेप संकलन १ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ गरेको छ । जबकी बैंकले गत आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब २५ अर्ब २६ करोड गरेको थियो ।

त्यसैगरी कर्जा प्रवाहतर्फ बैंकले वृद्धि गरेको छ । गत आवमा जम्मा १ खर्ब १ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढाएर १ खर्ब २१ अर्ब ५६ लाख पुर्याएको छ ।

बैंकले रिजर्भममा ६ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा ८४ करोड ७६ लाख ६६ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा गत आवको तुलनामा घटेको छ । गत आवमा १.११ प्रतिशत खराब कर्जा रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा ०.८१ प्रतिशतमा सीमित भएको छ ।

त्यसैगरी बैंकको कस्ट अफ फन्ड ४.६०, सीसीडी रेसियो ७८.९९ प्रतिशत बेस रेट ६.७५ प्रतिशत र स्प्रेड रेट ३.३५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु