६५.५९ अंकले घट्यो नेप्से, २० वटा कम्पनीको मात्रै बढ्यो सेयर मूल्य



काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि विभिन्न स्थानमा निषेधाज्ञा लागू हुन थालेपछि त्यसको असर सेयर बजारमा देखिएको छ ।

सोमबार नेप्से परिसूचक ६५.५९ अंकले घटेर २५०६.६२ अंकमा सीमित भएको छ । आइतबार नेप्से परिसूचक ७७ अंकले घटेको थियो ।

यो दिन १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२.४१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १८८ वटा कम्पनीको सेयर मूल्य घट्दा २० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, माछापुछ्रे  बैंक डेभेञ्चर २०८५, गुडविल फाइनान्स र एसबीएल डिबेञ्चर २०८३ छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनी रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिध्नु विकास बैंक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी छन् ।


क्लिकमान्डु