ज्योति लाइफ इन्स्योरेन्स खुद नाफा ५%ले बढ्यो, बीमा शुल्क संकलन ५ अर्ब रुपैयाँ बढी



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा करिब ५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

जसमाचालु आवको सोही अवधिमा ४.८९ प्रतिशत अर्थात् ५६ लाख २९ हजार रुपैयाँ थप गरी १२ करोड ७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बीमा शुल्क भने १ सय २४ प्रतिशतले थप गरेको छ ।

कम्पनीले गत आवको चैत मसान्तमा २ अर्ब ४४ लाख बीमा शुल्क संकलन गरेको थियो । जसमा ३ अर्ब ३ करोड ३१ लाख रुपैयाँ थप गरी ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ भने सो अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन भने २ अर्ब २१ करोड ९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले सो अवधिमा १० करोड ११ लाख ५२ हजार रुपैयाँ कुल दावी भुक्तानी वितरण गरेको छ । साथै, २२८ जना बीमितले दावी भुक्तानी वितरण गर्न बाँकी राखेको छ ।

कम्पनीले अभिकर्ता कमिशन वापत सो अवधिमा ३४ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ ।
सो वधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ, जगेडा कोषमा ६० करोड ४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ६७ करोड रहेको छ ।

साथै, सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३० रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु