राष्ट्रिय वाणिज्य बैंकको नाफा ७.७० प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी घट्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामा ३ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा आर्जन गरेको खुद नाफामा ७.७० प्रतिशतले थप गरी चालु आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको हो ।

गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो तैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ४.२५ प्रतिशतले र कर्जा प्रवाहतर्फ ११.०९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म २ खर्ब ४० अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म बैंकले ६ अर्ब ९७ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी सो अवधिमा बैंकको खराब कर्जा १.०२ बिन्दुले घटेर ३.६२ प्रतिशतमा कायम भएको छ ।

चालु आवको चैत मसान्तसम्म बैकको बेसरेट ५.५० प्रतिशत स्प्रेडरेट ४.४० प्रतिशत र पुँजी कोष अनुपात १२.८८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु