पोखरा थन्डर्सलाई हुन्डाई नेपालको साथ
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।
नेपाल सुपर लिगको प्रथम संस्करण वैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको प्रतियोगतिा हो । जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।
हुन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नैै लक्ष्मी हुन्डाईले नेपालमा खेलकुद विकाशको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रयोजकको रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी हुन्डाइले विगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।
हुन्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ देखि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।