किटाणु नष्ट पार्ने फिल्टर जडित एलजी एसी बजारमा




काठमाडौं । एलजीको आधिकारीक विक्रेता सीजी इम्पेक्सले एन्टी भाईरस फिल्टर जडित एलजी एसी नेपाली बजारमा ल्याएको छ । एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गर्नुका साथै वातावरणलाई ताजा बनाउँछ ।

एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गरेको कम्पनीको दाबी छ ।

साथै यस एसीमा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ । जसले एसी लाई ४०, ६०, ८० र १०० प्रतिशत अर्थात मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने प्रविधि छ । एसीले विद्युत कम खपतगरि पैसा पनि बचत गर्दछ ।

एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ । जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ । उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ । जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ ।

एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ । जसले गर्दा एसीको आयु बढाउनुका साथै लामो समयसम्म चल्दछ । एसीले ४० प्रतिशत चाडो चिसो वा तातो बनाउँदछ । साथै, वातावरण मैत्री आर३२ ग्याँस रहेको छ । र, साथै १० वर्षको वारेण्टी पनि रहेको छ ।

नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निःशुल्क एसी जडानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु