१५ अंकले बढ्यो नेप्से, बिशाल बजार र सिन्धु बैंकको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ मा पुगेको छ ।

यो दिन १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ५ अर्ब १९ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १२८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ३१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति लाइफ इन्स्योरेन्स छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, एचडीएचपीसी र चन्द्रागिरि हिल्स छन् ।

कारोबार फुकुवा भएपछिको पहिलो कारोबारमा बिशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य बिहीबार २८८ रुपैयाँले बढेर ३ हजार १६८ रुपैयाँमा पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको सेयर पनि १० प्रतिशत अर्थात् २६ रुपैयाँले बढेर प्रतिकित्ता २८६ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया लघुवित्र, एचआइडीसीएल र नबिल बैंक छन् ।


क्लिकमान्डु