ज्योति विकास बैंकको नाफा ३८.१९ प्रतिशतले बढ्यो



काठमाडौं । ज्योति विकास बैंकले चालु आवको तेस्रो त्रैमासमा ३८.१९ प्रतिशतले नाफा बढाएको छ । बैंकले बिहीबार प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको रिपोर्टमा नाफा ६० करोड २५ लाख रुपैयाँ कमाएको छ भने गत वर्षको सोही अवधिमा बैंकको नाफा ४३ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकले यस अवधिमा निक्षेप संकलन २४.८ प्रतिशतले बढाएको छ । बैंकले चालु आवको समीक्षा अवधिमा ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ भने गत आवको सोही अवधिमा ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो ।

कर्जा प्रवाहतर्फ पनि बैंकले ३३.०४ प्रतिशतले बढाएको छ । बैंकले चालु आवको समीक्षा अवधिमा ३९ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ थियो ।

बैंकको चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ भने बैंकको रिजर्भमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ छ ।

बैंकको समीक्षा अवधिमा ब्याजदर आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ छ भने गत आवको सोही अवधिमा यस्ता आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ थियो । त्यसैगरी ब्याजदर खर्च चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ७ करोड रुपैयाँ छ भने गत आवको सोही अवधिमा यस्तो खर्च १ करोड ९५ लाख रुपैयाँ छ ।

बैंकले खराब कर्जामा सुधार गरेको छ । गत आवको समीक्षा अवधिमा खराब कर्जा ०.७६ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा यो ०.५८ प्रतिशत छ ।

बैंकको बेसरेट ८.५७ प्रतिशत छ भने स्प्रेड रेड ४.६२ प्रतिशत छ । सीसीडी रेसियो ७९.५४ प्रतिशत छ ।

साथै बैंकको २०.८९ प्रतिशत छ भने पीई रेसियो १२.७३ र प्रति सेयर नेटवर्थ १३३.५३ रुपैयाँ छ ।


क्लिकमान्डु