विशाल बजार कम्पनीको दोस्रो बजारको कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी लिमिटेडको दोस्रो बजारको कारोबार फुकुवा गरेको छ । नेप्सेले बुधबार कम्पनीको कारोबार फुकुवा गरेको हो ।

विशाल बजार कम्पनीले वार्षिक वित्तीय विवरणहरु अपलोड गरिसकेको तथा लेखापरीक्षण प्रतिवेदन प्राप्त भइ सञ्चालक समितिको निर्णय भए अनुसार यथाशीघ्र साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्ति गरेकाले दोस्रो बजारको कारोबार फुकुवा गरिएको नेप्सेको भनाइ छ ।

नेप्सेले गत माघ १८ गते कम्पनीले वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु पेश नगरेपछि कारोबार रोक्का गरेको थियो ।


क्लिकमान्डु