अब नेपालमा चौथो संस्करणका कतारी रियाल नचल्ने, यस्तो छ कारण



काठमाडौं । अब नेपालमा कतारी रियाल नचल्ने भएका छन् । हाल चलनचल्तीमा रहेको चौथो संकरणका कतारी रियाल नेपालमा बैशाख २७ गतेदेखी नचल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले मंगलबार एक परिपत्र जारी सबै नागरिकलाई आफसँग भएको कतारी रियाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्ती संस्था र मनिचेञ्जरमा अबको २० दिन भित्र सटही गरिसक्न भनेको छ ।

कतारी सरकारले पाँचौं संस्करणका कतारी रियाल निष्कासन गर्ने तयारी गरी नेपालमा चौथो संस्करणका रियाल जम्मा गरी जुलाई १  सम्म कतार पठाउन भनेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

‘हाल चलनचल्तीमा रहेका रियाल चौथो संस्करणका हुन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘अब पाँचौं संस्करणका नयाँ रियाल निष्कासन गर्न कतारी सरकाररले पत्राचार गरे अनुसार राष्ट्र बैंकले सुचना जारी गरेको हो ।’

बैशाख २७ गतेसम्म आफुसँग भएका सबै कतारी नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने प्रादेशिक कार्यालयहरु र विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेञ्जरहरुबाट सटही गर्न उनले आग्रह गरेका छन् ।

तोकिएको समयपछि नसाटिएका चौथो संस्करणका कतारी रियाल खोटोको रुपमा मात्र रहने उनले बताए ।


क्लिकमान्डु