पीएमपीएलको उपाधी डीआएसलाई




काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) सिजन थ्रि २०२१ साउथ एसिया फाइनल नेपाली टिम द रियल सोल्जर (डीआरएस) गेमिङले जितेको छ ।

डीआरएसले फाइनलको २४ खेलमा २७३ अंक प्राप्त गरेर उपाधी जितेको हो । उपाधीसँगै डीआरएसले १० हजार अमेरिकी डलर जितेको छ ।

डीआरएस पीएमपीएल २०२० को उपविजेता टिम हो । डीआरएसले फाइनमा १५८ प्लेसमेन्ट प्वाइन्ट र ११५ किल प्वान्इन्ट प्राप्त गरेको छ ।

दक्षिण एसियाली टिम माथि प्रभुत्व जमाएको मंगोलियाको जियूस इस्पोर्ट १७१ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ । जियूसले १४२ किल प्वाइन्ट र १२९ प्लेसमेन्ट प्वाइन्ट प्राप्त गरेको छ । जियूसले ६ हजार ५०० अमेरिकी डलर जितेको छ ।

पीएमपीएल फाइनलमा १६ वटा टिमको सहभागी रहेको थियो । जसमा सर्वाधिक ८ वटा नेपाली टिम, बंगलादेश र पाकिस्तानको ३÷३ टिम र मंगोलियाको २ टिमले प्रतिनिधित्व गरेका थिए । पीएमपीएल फाइनलमा सहभागीमध्ये शिर्ष २ स्थानमा पर्न सफल टिम पीईआई २०२१ का लागि छनोट भएका छन् । यस्तै शिर्ष ९ टिम च्यापियनसिप फाइनलका लागि सहभागी भएका छन् ।

पीएमपीएलको शिर्ष ९ स्थानमा नेपालको ६ वटा टिम रहन सफल भएका छन् । नेपालको स्काईलाइट गेमिङ गत वर्षको पीएमपीएल च्यापियन भएकाले च्यापियनसिप फाइनका लागि स्वत निमत्रणा प्राप्त गरेको छ । स्काईलाइट फाइलमा १५ स्थानमा रहेको थियो ।

फाइनलमा नेपाली टिमहरु सेभेन सि तेस्रो, डेडआइ गाइज चौथो, ट्रेन टु किल पाँचौ स्थानमा रहन सफल भएका छन् । यि टिमले क्रमस ५ हजार, ४ हजार र ३ हजार ७५० अमेरिकी डलर जित्न सफल भएका छन् ।

छौंठौ स्थानमा रहन सफल बंगलादेशको एवान इस्र्पोट १९५२ ३ हजार ५०० अमेरिकी डलर, सातौं स्थानमा रहन सफल नेपाली टिम हाई भोल्टेजले ३ हजार २५० अमेरिकी डलर जितेको छ ।

आठौं स्थानमा पाकिस्तानको स्टलवार्ट एक्स फेक्स र नवौं स्थानमा नेपालकै पीएन क्य्रु रहेको छ । यि टिमले क्रमशः ३ हजार र २ हजार ७५० अमेरिकी डलर जित्न सफल भएका छन् । १० औं स्थानमा नेपाली टिम कार्नेज इस्पोर्ट र ११ औं स्थानमा रहेको मंगोलियाको सिल इस्पोर्ट समान २ हजार ५०० अमेरिकी डलर प्राप्त गरेका छन् ।

१२ स्थानमा रहेको पाकिस्तानको आरथ्रिडी इस्पोर्टले २ हजार अमेरिकी डलर र १३ औं स्थानको बंगलादेशको भेनम लिजेन्डले १ हजार ७५० अमेरिकी डलर जितेका छन् ।

यस्तै १४ औं स्थानमा बंगलादेशको एवान इस्पोर्ट, १५ औं स्थानमा नेपालको स्काईलाइट गेमिङ र १६ औं स्थानमा पाकिस्तानको एफफोर इस्पोर्ट रहन सफल भएका छन् । यि टिमले क्रमशः १ हजार ५००, १ हजार २५० र एक हजार अमेरिकी डलर जित्न सफल भएका छन् ।

अंक तालिका


क्लिकमान्डु