सेयर बजारमा पहिरो, नेप्से ३७.५८ अंकले घट्यो



काठमाडौं । नयाँ वर्षको पहिलो दिनमा एतिहासिक रेकर्ड कायम भएको सेयर बजारमा दोस्रो र तेस्रो दिन उच्च गिरावट देखिएको छ । आइतबार ३५ अंकले घटेको नेप्से परिसूचक सोमबार ३७.५८ अंकले घटेर २६६१.९४ अंकमा झरेको छ ।

यो दिन विभिन्न कम्पनीको १ करोड ४२ लाख ७६८ कित्ता सेयर ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २२४ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ जलविद्युत् र फाइनान्सबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ । यो दिन २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, एनआरएन, एचआइडीसीएल र लिबटी इनर्जी कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, सप्तकोसी डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट र सिद्धार्थ बैंक छन् ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष, एचआइडीसीएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया लघुवित्त र माथिल्लो तामाकोसी छन् ।


क्लिकमान्डु