यस्तो छ अमेजनका सीइओ जेफ बेजोसले आफ्ना सेयरधनीलाई लेखेको मर्मस्पर्शी पत्र



प्रिय सेयरधनी मित्रहरु

अमेजन । सन् १९९७ मा पनि यस्तैगरी सेयरधनीलाई पहिलो पत्र लेखिएको थियो । सो पत्रमा मैले ‘स्थायी फ्रेन्चाइज’ सिर्जना गर्ने हाम्रो आशाको बारेमा कुरा गरेको थिएँ । जुन ग्राहकको सेवाको अर्थ भनेकै इन्टरनेटको शक्तिमार्फत सेवा गर्ने भन्ने कुराको थियो ।

मैले याद गरेँ कि अमेजन १५८ कर्मचारी भएको कम्पनीबाट शुरु गरेर ६१४ जनामा पुगेको थियो । त्यसबाट बढेर हामीले झण्डै १५ लाख हाम्रा ग्राहक सदस्य बनायौं । हामीले त्यतिबेला भर्खरै प्रतिसेयर १.५० अमेरिकी डलरको समायोजित स्टक मूल्यमा सार्वजनिक गरेका थियौं । मैले लेखे कि त्यो दिन पहिलो थियो ।

त्यसबेलादेखि हामी धेरै लामो यात्रामा आएका छौं । र, हामी पहिलेभन्दा कडा परिश्रम गरिरहेका छौं । हाम्रो ध्येय सेवा र ग्राहकहरूलाई खुशी पार्नमा केन्द्रित छ । गत वर्ष, हामीले ५ लाख कर्मचारीहरू राख्यौं । अब विश्वभर हामीले प्रत्यक्ष रुपमा १३ लाख मानिसलाई रोजगारी दिएका छौं ।

हामीसँग विश्वव्यापीरूपमा २०० मिलियनभन्दा बढी प्राइम सदस्यहरू छन् । १९ लाखभन्दा बढी साना र मध्यम आकारका व्यवसायीले हाम्रो स्टोरमा सामान बिक्री गर्छन् ।

तिनीहरूले हाम्रो खुद्रा बिक्रीको ६० प्रतिशत हिस्सा राख्छन् । ग्राहकहरूले एलेक्सामा १०० करोडभन्दा बढी स्मार्ट घर उपकरणहरू जडान गरेका छन् । अमेजनको वेब सेवाले लाखौं ग्राहकहरूको सेवा गर्दछ ।

हामीले प्राइम, मार्केटप्लेस, एलेक्सा वा अमेजन अनलाइन सेवा पनि खोजेनौं । त्यतिबेला उनीहरुसँग सोच थिएन, विचारहरू पनि थिएन । कुनै पनि पूर्वानुमान गरिएको थिएन । हामीले प्रत्येकसँग ठूलो जोखिम लियौं । पसिना बगायौं । र, चतुरतापूर्वक काम गर्यौं ।

सोही मार्गमा अघिबढ्दा, हामीले साझेदार मालिकका लागि १.६ ट्रिलियन डलर बराबरको सम्पत्ति सिर्जना गरेका छौं । तिनीहरु को हुन् भन्ने लाग्नसक्छ ।

खासमा तपाईंको कुर्सी एउटा मात्रै हुन्छ । तर, अमेजनको सेयरले मलाई धनी बनायो भन्ने तपाईंलाई लागेकै छ । त्यसले अधिक सेयर र अर्बौं बराबरको सम्पत्ति सिर्जनाको खास अर्थमा प्रतिनिधित्व गर्दछ ।

तिनीहरु को हुन् ? जसले निवृत्तिभरण कोष, विश्वविद्यालय, र ४०१ (के)मा पनि छन् । र, तिनीहरू मेरी र ल्यारी हुन् । जसले मलाई बाहिर पठाए । सोही कारण म यहाँ सेयरधनीलाई पत्र लेख्न बसिरहेको छु ।

सामान्यता मसँग समान खालका सोचहरु मात्रै छन् । म ती मानिसलाई चिन्छु जसले कलेजका लागि अमेजनको पैसा प्रयोग गर्यो, आपतकालका लागि, घरहरू, बिदाका लागि, आफ्नै व्यवसाय शुरु गर्न तयार भए । ती त दानका लागि वा अरु केहीका लागि थिएन ।

मैले ती सबैलाई साझारुपमा मालिक बनाएको छु । त्यसैमै मलाई गर्व छ । यो यसकारण महत्वपूर्ण छ कि यसले तिनीहरूको जीवन सुधार गर्दछ । तर, मलाई यो पनि थाहा छ, कि यो सबैभन्दा ठूलो अंश भने होइन ।

तपाईंले उपभोगभन्दा बढी सिर्जना गर्नुहोस्, यसमा विशेष ध्यान दिइएको छ ।

यदि तपाईं व्यापारमा सफल हुन चाहनुहुन्छ, तपाईंले उपभोग गर्नुभन्दा बढी सिर्जना गर्नुपर्दछ । तपाईंको लक्ष्य प्रत्येकका लागि मूल्य सिर्जना गर्नुपर्दछ । कुनैपनि व्यवसाय जसले तपाईलाई छुन्छ, त्यही गर्नुस् । जसले कुनै मान सिर्जना गर्दैन, यदि त्यो सतहमा सफल देखिन्छ भने पनि यो संसारका लागि लामो हुँदैन । किनकी, त्यो बाहिरको बाटोमा छ ।

सम्झनुहोस् सेयरको मूल्य विगतको आधारमा हुँदैन । तिनीहरूले आगामी दिनलाई हेरेर नगद प्रवाहको भविष्यवाणी गरीरहेका छन् । शेयर बजार अनुमानका भरमा पनि चल्छ ।

म एक क्षणका लागि गियर परिवर्तन गर्न जाँदैछु । मैले विगतका कुरामात्रै गरेँ । सन् २०२० मा हामीले शेयरधनीका लागि के कति कति मूल्य सिर्जना गर्न सक्छौं ? यो उत्तर दिन अपेक्षाकृतरुपमा सजिलो प्रश्न हो । किनभने लेखा प्रणालीमा नै यसको उत्तर दिन ‘सेटअप’ गरिएको छ ।

२०२० मा हाम्रो कूल आय २१.४ अर्ब डलर थियो । यदि हजारौं मालिकहरूसँग सार्वजनिक ट्रेड कम्पनी हुनुको सट्टामा, अमेजन एकल मालिकसँग एक्लै स्वामित्वमा थिए भने मालिकले २०२० मा कति कमाएको थियो ? कर्मचारीको बारेमा यो जवाफ दिनको लागि यथोचितरुपमा सजिलो प्रश्न पनि हो । किनभने हामी क्षतिपूर्ति खर्चमा हेर्न सक्छौं । एक कम्पनीका लागि खर्च के हो ? र, कर्मचारीहरुका लागि आय के हो ?

सन् २०२० मा कर्मचारीले ८० विलियन बराबरको कमाई गरे । यस्तै, ११ विलियन बराबरको रकम उनीहरुले अतरिक्त लाभ पनि पाए । त्यसमा पेरोल कर समेत समेटिएको थियो ।

कसरी सम्भव भयो तेस्रो–पक्ष विक्रेताको बारेमा ? हामीसँग एक आन्तरिक समूह पनि छ (बिक्री वितरण गर्ने सेवा समूह) जुन त्यस प्रश्नको उत्तर दिन कार्य गर्दछ । उनीहरूको अनुमान छ कि २०२० मा तेस्रो–पक्ष विक्रेताको कूल नाफामात्रै २५ देखि ३९ विलियन डलर बराबरको हुनेछ ।

म असाध्यै रुढीवादी नै भए भने पनि २५ विलियन डलरको आसपासमा हुन्छ नै । विशेषगरी हामीले ग्राहकका लागि उपभोक्ता ग्राहक र एडब्ल्यूएस उपभोक्ताका रुपमा छुट्याउनुपर्छ ।

हामी उपभोक्ताका कुरा पहिले गर्छौं । हामी कम मूल्य, धेरै चयन र छिटो सामान उपलब्ध गराउने प्रस्ताव गर्दछौं । तर, कल्पना गर्नुहोस् हामी यी सबैलाई बेवास्ता गर्छौ ? या, अनुमान गर्छौ ? होइन, हामी केवल एउटा चीजको मूल्य दिन्छौं । हामी ग्राहकको समयलाई बचत गर्छौ । यो नै महत्वपूर्ण हो ।

ग्राहकले अमेजनमा ३ मिनेट वा सोभन्दा कममा २८ प्रतिशतले खरीदको प्रक्रिया पूरा गर्छन् । आधाभन्दा बढीले १५ मिनेटमा पूरा गर्छन् । भौतिक स्टोरमा पुग्नेका लागि यो विशिष्ट सपिङ यात्रासँग तुलना गर्नुहोस् । त्यसमा ड्राइभिंग, पार्किङ, स्टोरमा समान खोजी, चेकआउट लाइनमा पर्खेर, तपाईंको कार फेला पार्दै, सवारी चलाउँदै घर पुग्ने समय पनि हेर्नुस् । 

सामान्य अनुसन्धानले भन्छ कि सामान्य भौतिक स्टोर यात्रामा एक घण्टा लाग्छ । यदि तपाईं मान्नुहुन्छ कि सामान्यरुपमा अमेजनमा खरिद गर्दा १५ मिनेट लाग्छ । तपार्इं भौतिक स्टोरमामा जाने सप्ताहन्तको समयलाई बचत गरिदिन्छ । वर्षमा हेर्दा ७५ घण्टा वचत हुन्छ । हामी एक्काइसांै शताब्दीको शुरुवाती चरणमा असाध्यै व्यस्त हुन्छौं ।

हामी समयको बचतको कुरा गरौं । परम्परागत हिसाबले एक घण्टाको १० डलरको मात्रै हिसाब हेरौं । त्यसलाई ७५ घण्टाले गुणन गरौं । यसरी हेर्दा हरेक प्राइम सदस्यको समयको मूल्य ६३० डलर हुनजान्छ । हामीसँग २०० मिलियन प्राइम सदस्य छन् । कूलरुपमा हेर्दा सन् २०२० मा मात्रै त्यसले १२६ विलियन डलर बराबरको मूल्य सिर्जना गर्दछ ।

हामीलाई अनुमान गर्न चुनौती छ किनकि प्रत्येक ग्राहकको कामको भार फरक–फरक हुन्छ । तर, हामी जे भए पनि यो गर्छांै, स्वीकार गर्छांै । त्रुटि हुने अवस्था पनि रहन्छ नै ।

अमेजन वेव सर्भिसमा प्रत्यक्ष लागत सुधारहरू भिन्न हुन्छन् । तर, एक व्यावहारिक अनुमानमा हेर्दा ३० प्रतिशत बराबरको हिस्सा हुन्छ । सन् २०२० मा राजस्व हिस्सा ४५ विलियन डलर बराबर हुन्छ । त्यसमा उपभोक्ताको मूल्य श्रृंखलामात्रै १९ विलियन डलर बराबरको सिर्जना हुन्छ । त्यसमा खासगरी ६४ विलियन डलरको हिसाब हुँदा ४५ विलियन डलरको त अमेजन बेव सर्भिसमा मात्रै देखिन्छ ।

गाह्रो हिस्सा भनेको सीधा लागत घटाउनु हो । त्यसमा क्लाउडमा सर्ने ग्राहक लाभको सबैभन्दा सानो अंशमात्रै हुन्छ । ठूलो फाइदा भनेको सफ्टवेयर विकासमा बढेको गति हो । यस्तो कुरा जसले ग्राहकको प्रतिस्पर्धा र शीर्ष लाइनमा उल्लेखनीय सुधार गर्नसक्छ । हामीसँग ग्राहक मूल्यको त्यो अंश अनुमान गर्ने कुनै व्यावहारिक तरीका छैन । त्यसबाहेक यो लगभग पक्कै प्रत्यक्ष लागत बचतभन्दा ठूलो छ ।

उपभोक्ता थपिएमा सन् २०२० मा मात्रै १६४ मिलियन बराबरको ग्राहक मूल्य बराबरको लाभ प्राप्त हुनजान्छ । त्यसमा लगानीकर्ताको हिस्सा २१ विलियन डलर, कर्मचारीको ९१ विलियन डलर, तेस्रो पक्ष विक्रेताको २५ विलियन डलर, उपभोक्ताको १६४ विलियन गरेर कूल ३०१ विलियन डलर बराबरको लाभ प्राप्त हुन्छ ।

यदि प्रत्येक समूहसँग आम्दानी विवरण छ भने उनीहरूले अमेजनसँगको सम्वादलाई प्रतिनिधित्व गर्दछन् । माथिको विवरण पनि त्यही आय विवरणको तल्लो रेखाका आधारमा रहन्छ ।

ती संख्यामा रहेका मानिसले हाम्रो लागि किन काम गर्छन्, किन विक्रेताहरू हामी मार्फत बेच्छन् । र, किन ग्राहकहरू हामीबाट खरीद गर्छन् । हामी तिनीहरूका लागि मूल्य सिर्जना गर्दछौं । यो सिर्जना शून्य योगको खेल होइन । यो केवल एक खल्तीबाट अर्को पैसामा पैसा सार्ने काम होइन । तपाईंले पाउनुहुनेछ कि आविष्कार सबै वास्तविक मूल्य सिर्जनाको मूल हो ।

निसन्देह, यी क्षेत्रहरू र हामीले सिर्जना गरेको मूल्यसँगको हाम्रो सम्बन्ध केवल डलर र सेन्टमात्रै होइन । पैसाले सम्पूर्ण कथा भन्दैन । सेयरधनीसँग हाम्रो सम्बन्ध, अपेक्षाकृतरुपमा सरल छ । तिनीहरू लगानी गर्छन् । र, आफ्नो छनौट अवधिका लागि सेयर होल्ड गर्छन् । हामी साझारुपमा वार्षिक बैठक र उनीहरूको सेयरहरू मतदान गर्ने सही प्रक्रियाजस्ता विषयमा दिशानिर्देश गर्दछौं ।

कर्मचारीसँग हाम्रो सम्बन्ध धेरै फरक उदाहरणका रुपमा छ । हामीसँग उनीहरूले अनुसरण गर्ने प्रक्रियाहरू छन् । र, उनीहरूले पूरा गरेका मानकहरू पनि छन् ।

हामीलाई थप प्रशिक्षण चाहिन्छ । कर्मचारीले तोकिएको समयमा देखाउँनुपर्छ । यो केवल भुक्तान र फाइदाहरूको बारेमा मात्रै होइन । यो सम्बन्धको सबै अन्य विस्तृत पक्षहरु पनि जोडिएका छन् ।

के तपाईंको प्रमुखले आराम लिन्छ ? होइन, उसले लिँदैन । मलाई लाग्छ हामीले हाम्रो कामदारका लागि अझ राम्रो काम गर्नुपर्छ । जबकि, यूनियनको मतदान परिणामहरू एकाङ्गी थिए । कर्मचारीसँग हाम्रो प्रत्यक्ष सम्बन्ध बलियो छ, मलाई यो स्पष्ट छ कि हामीले कसरी कर्मचारीको मूल्य सिर्जना गर्ने सम्बन्धमा अझ राम्रो दृष्टि दिनु जरुरी छ । किनकी, त्यो उनीहरूको सफलताको लागि पनि दर्शनीय विषय छ ।

यदि तपाईंले केही समाचार रिपोर्टहरू पढ्नु भयो भने तपाईंलाई लाग्ला कि हामीलाई कर्मचारीको कुनै वास्ता छैन । ती रिपोर्टमा हाम्रा कर्मचारीहरूलाई कहिलेकाँही हताशआत्माको आरोप लगाइएको छ । र, रोबोटको रूपमा व्यवहार गरिन्छ । त्यो सही छैन । तिनीहरू परिष्कृत र विचारशील मानिस छन् । जोसँग काम गर्ने विकल्पहरू छन् । जब हामी कर्मचारी भर्ती गर्ने केन्द्रमा कर्मचारी सर्वेक्षण गर्दछौं भने उनीहरूले अमेजनलाई काम गर्ने खास ठाउँको रूपमा सिफारिस गर्छन् ।

कर्मचारीले आफ्नो शिफ्ट भर आराम गर्न, पानी पिउन वा म्यानेजरसँग कुरा गर्न वा अनौपचारिक विश्राम लिन सक्दछन् । यी अनौपचारिक कार्य विश्राम सामान्य खाजा समय वा अन्य ब्रेकका अतिरिक्त हो ।

हामी अनुचित लक्ष्यहरू सेट गर्दैनौं । हामीले प्राप्त हुने लक्ष्य राख्छौं । जुन कार्यकाल र वास्तविक कर्मचारीको प्रदर्शन क्षमतालाई ध्यानमा राखिन्छ ।
तथ्य यो हो कि, अमेजनमा अपरेशनको नेतृत्व गर्ने हजारौं व्यक्तिहरूको ठूलो टोलीले काम गर्दछ । हामी हाम्रा कामदारहरूका लागि सँधै गहिरो चासो राख्दछौं । हामीले सिर्जना गरेको कार्य वातावरणमा हामी गर्व गर्छौं । हामी पनि यो तथ्यलाई गर्व गर्दछौं कि यो अमेजन कम्पनी हो । जसले कम्प्युटर वैज्ञानिक र उन्नत डिग्री भएका मानिसका लागि रोजगारी सिर्जना मात्र गर्दैन । हामी ती व्यक्तिका लागि रोजगारी सिर्जना गर्दछौं जसले खास अर्थमा फाइदा कहिल्यै पाएनन् ।

मलाई यो स्पष्ट छ कि हामीलाई हाम्रो कर्मचारीको सफलताका लागि उत्तम दृष्टि चाहिन्छ । हामी जहिले सांसभरको सबैभन्दा ठूलो ग्राहक केन्द्रित कम्पनी हुन चाहेका छौं । हामी त्यसलाई परिवर्तन गर्ने छैनौं । यो काम हामीलाई यहाँ मिल्यो । तर, म हामीलाई थप्न प्रतिबद्ध गर्दैछु । हामी पृथ्वीको सर्वश्रेष्ठ रोजगारदाता र काम गर्नका लागि संसारको सबैभन्दा सुरक्षित स्थान बन्न गइरहेका छौं ।

कार्यकारी अध्यक्षको रूपमा मेरो आगामी भूमिकाका कुरा गर्दछु । म नयाँ पहलहरूमा ध्यान केन्द्रित हुँदैछु । म आफूलाई एक आविष्कारकका रुपमा पनि हेर्छु । म सबैभन्दा धेरै रमाइलो कामामा गर्छु । र, म राम्रो गर्छु । जहाँ म सबभन्दा धेरै मूल्य सिर्जना गर्दछु । म भावुक व्यक्तिको ठूलो टोलीसँगै काम गर्न उत्साहित छु । पृथ्वीको सर्वश्रेष्ठ कामयावी र पृथ्वीको काम गर्ने ठाउँको सुरक्षित स्थानको क्षेत्रमा आविष्कार गर्न मद्दत गर्दछु । हामी अमेजनमा सँधैं लचिलो हुन्छौं । तर, सोचका सवालमा हामी जिद्दी र कठोर पनि छौं । हामी कहिल्यै असफल भएका छैनौं । जबसम्म हामी हाम्रो दिमागलाई यही काममा राख्छौं, तबसम्म हामी असफल हुनेछैनौं ।

हामीले सुरक्षाका सवालमा पनि त्यत्तिकै ध्यान दिएका छौं । त्यसका लागि ठूलो लगानी गरेका छौ । प्रविधिको खोज गरेका छौं । जब हामी नेतृत्व लिन्छौं, अरूले पछ्याउनेछन् । साढे २ वर्षअघि, जब हामीले प्रतिघण्टा कामदारका लागि १४ डलर न्यूनतम ज्याला तय गर्यौं । हामीले त्यसो किन गर्यौं भने हामीले ज्यालामा नेतृत्व लिन चाह्यौं ।

युनिभर्सिटी अफ क्यालिफोर्निया र ब्रान्डिस विश्वविद्यालयका अर्थशास्त्रीहरुको हालै प्रकाशित गरेको सोधले पनि हाम्रो न्यूनतम शुरुको तलब प्रतिघण्टा १४ डलर पुर्याउने हाम्रो निर्णयको प्रभावको विश्लेषण गरेको छ । उनीहरुको मूल्यांकनमा हामीले हाम्रा कर्मचारी, तिनका परिवार र उनीहरू बस्ने समुदायबाट सुनेको कुरा प्रतिबिम्बित गर्दछ ।

हामी पृथ्वीको सर्वश्रेष्ठ रोजगारदाता हुन चाहान्छौं भने हामीले प्रतिवद्ध कर्मचारीलाई काममा लगाउनु पर्दछ । उनीहरुले अमेजनलाई काम गर्ने ठाउँको रूपमा सिफारिस गर्छन् । हामीले १०० प्रतिशतका लागि लक्ष्य तय गर्नुपर्छ ।

यो मैले अमेजनको प्रमुख कार्यकारी अधिकृतकारूपमा वार्षिकरुपमा सेयरधनीलाई लेखेको पत्र हो । यसमा अत्यन्तै महत्वपूर्ण सन्देश छन् । जुन म तपाईंलाई पढाउन बाध्य छु । मलाई आशा छ कि सबै अमेजनियनहरूले यसलाई हृदयमा लिनेछन् । र, मनन् गर्नेछन् ।

यो घटना सबै स्तरहरूमा हुन्छ । प्रजातन्त्र सामान्य छैन । तानाशाही ऐतिहासिक आदर्श हो । यदि हामीले यस सम्बन्धमा आफ्नो विशिष्टतालाई कायम राख्न आवश्यक पर्ने निरन्तर कडा परिश्रम गर्न छाड्यौं भने हामी तुरुन्तै निरंकुशताका साथ सन्तुलनमा पर्नेछौं ।

हामी सबैलाई थाहा छ कि विशिष्टता मौलिकता आफैंमा मूल्यवान छ । हामी सबैलाई आफैंमा हुन सिकाइएको छ । म तपाईंलाई वास्तवमै सम्बोधन गर्न चाहन्छु । त्यसमा भिन्नता कायम राख्नका लागि कति ऊर्जा लिन्छ । संसारले तपाईंलाई विशिष्ट भएको देख्न चाहन्छ । त्यो एक हजार तरीकामा हुन्छ । त्यो तपाईंका लागि तानिन्छ । तर, यो भने हुन नदिनुस् ।

तपाईंले आफ्नो खास कुराका लागि मूल्य तिर्नु पर्छ । र, यो लायक पनि छ । त्यसबाट तपाईंको विशिष्टतामा निख्खार ल्याउनका साथै त्यसलाई चम्काउनको लागि पनि हुनेछ । तपाईं आफैंका लागि लायक हुनु जरुरीछ । तर, यो सजिलो वा निःशुल्करुपमा आशा नगर्नुहोस् । तपाईं यसमा निरन्तर ऊर्जावान भएर लाग्नुस् ।

जहिले पनि अमेजनलाई अधिक विशिष्ट बनाउन प्रयास गर्नुपर्दछ । हामीलाई हाम्रो वातावरण सन्तुलनमा ल्याउन पनि यसले काम गर्छ । यसले निरन्तरको प्रयास गर्नेछ । तर, हामी त्योभन्दा पनि राम्रो हुनुपर्छ ।

सँधैजसो म हाम्रा सेयरधनीलाई सन् १९९७ मा लेखेको पत्र पनि संलग्न गर्दछु । यो पत्र पनि यसैसँग समाप्त भयो ।

हामी अमेजन डट कमका ग्राहकलाई उनीहरूको व्यवसाय र भरोसाका लागि धन्यबाद दिन्छौं । एक अर्कालाई कडा मेहनत गरेकोमा र उनीहरुको समर्थन र प्रोत्साहनका लागि हामी हाम्रा सेयरधनीलाई आभार प्रकट गर्छौं ।

म विशेषगरी एन्डी ज्यासीलाई मुख्य कार्यकारी प्रमुखको भूमिका लिन सहमत भएकोमा धन्यवाद दिन चाहन्छु । यो धेरै जिम्मेवारी भएको गाह्रो काम हो । एन्डी चतुर छ । र, उच्चस्तरमा पनि अझै उच्च छ ।

म तपाईंलाई ग्यारेन्टी दिन्छु कि एन्डीले राम्रो गर्नेछ । हामीलाई खास रहनका लागि ऊर्जा दिनेछ । त्यो सजिलो हुनेछैन । तर, यो आलोचनात्मक पनि हुनसक्छ । म पूर्वानुमान गर्छु कि यो सन्तोषजनक हुनेछ । र, अक्सर मजेदार हुनेछ । धन्यवाद, एन्डी ।

तपाईं सबैका लागि दयालु हुनुहोस्, मुख्य बन्नुहोस् । तपाईंको उपभोगभन्दा बढी सृजना गर्नुहोस् । त्यो एउटा सुन्दर दिन आउनेछ । त्यो पहिलो दिन हुनेछ ।

(अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले आफ्ना सेयरधनीलाई लेखेको पत्रको भावानुवाद ।)


पुष्प दुलाल