पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति, कुशकुमार जोशी उपसभापति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ ।

अनुशासन समितिको उप-सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धी पण्डित छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान छन् ।


पुष्प दुलाल