बजेट बनाउने चटारोमा रहेको अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर



काठमाडौं । अर्थ मन्त्रालयले केही सहसचिवको जिम्मेवारी हेरफेर र केहीलाई नयाँ भूमिका दिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख बनाइएको छ ।

प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव सुमन दाहाललाई दिइएको छ । यसअघि पनि यही सिटमा बसिसकेका दाहाल मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा थिए ।

दाहालको स्थानमा सहसचिव महेश आचार्यलाई ल्याइएको छ । विरगन्ज भन्सार कार्यालयका प्रमुख रहेका उनी पहिलोपटक अर्थ मन्त्रालय भित्रको जिम्मेवारीमा आइपुगेका छन् ।

विरगन्जमा नयाँ सहसचिव विश्व अर्याल गएका छन् ।

यसैगरी नयाँ सहसचिव ईश्वरी अर्याललाई भन्सार विभाग, अच्युत शिवाकोटीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, बाबुराम सुवेदीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय तथा थानप्रसाद पंगेनी र उमाकान्त आचार्यलाई महालेखा नियन्त्रक कार्यालयमा जिम्मेवारी दिईएको छ ।


पुष्प दुलाल