५५० किलोमिटर नयाँ कालोपत्रे, १२९ वटा पुल बने



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिक (फागुन मसान्त) ५५० किमी नयाँ कालोपत्रे स्तरको सडक र १२९ वटा पुल निर्माण भएका छन् । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ सय किलोमिटर नयाँ कालोपत्रे स्तरको सडक निर्माण गर्ने लक्ष्य राखेको थियो ।

मन्त्रालयले वार्षिक लक्ष्यको ३०.५५ प्रतिशत प्रगति हालिस गरेको हो । दोस्रो चौमासिकसम्म ५०४ किलोमिटर ग्रावेलस्तरको सडक निर्माण भएको छ । चालु आवमा मन्त्रालयले १ हजार किलोमिटर ग्रावेलस्तरको सडक निर्माण गर्ने लक्ष्य लिएको थियो । यो वार्षिक लक्ष्यको ५०.४ प्रतिशत हो ।

दोस्रो चौमासिकसम्म २८४ किलोमिटर माटे सडक निर्माण भएको छ । चालु आवमा मन्त्रालयले ५०० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखेको छ । यो वार्षिक लक्ष्यको ५६.८ प्रतिशत हो ।

दोस्रो चौमासिकसम्म ३०० किलोमिटर कालोपत्रेस्तर सडक पुनः निर्माण तथा पुनस्र्थापना भएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले ३३४ किलोमिटर कालोपत्रेस्तरको सडक पुनः निर्माण तथा पुनस्र्थापना गर्ने लक्ष्य छ । यो वार्षिक लक्ष्यको ९०.६३ प्रतिशत हो ।

दोस्रो चौमासिकसम्म १८७ किलोमिटर सडक आवधिक मर्मत भएको छ । चालु आर्थिक वर्षमा ७२९ किलोमिटर सडक आवधिक मर्मत गर्ने लक्ष्य राखिएको छ । यो वार्षिक लक्ष्यको ३३.३९ प्रतिशत प्रगति हो ।

दोस्रो चौमासिकसम्म १२९ वटा निर्माण भएका छन् । मन्त्रालयले चालु आर्थिक वर्षमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ । यो वार्षिक ४३ प्रतिशत प्रगति हो ।

दोस्रो चौमासिकसम्म ११ किलोमिटर रेलवे ट्रयाक निर्माण भएको छ । चालु आवमा १७ किलोमिटर रेलवे ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएको छ । यो वार्षिक लक्ष्यको ३५.२९ प्रतिशत प्रगति हो ।

दोस्रो चौमासिकसम्म मन्त्रालयले ४० अर्ब १४ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयले चालु आवका लागि १ खर्ब २३ अर्ब ९२ करोड ८३ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ३०.१७ प्रतिशत वित्तीय प्रगति हो ।


पुष्प दुलाल