लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले कुल चुक्तापुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र त्यत्तिनै बराबरको बोनसमा लाग्ने कर समेत गरी ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भइ साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।


क्लिकमान्डु