वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । याँ वर्षको पहिलो कारोबारमा सेयर बजारमा हरियाली छाएको छ । गत वर्षको अन्त्य र नयाँ वर्षको शुरुवात सेयर बजारका लागि सुखद भएको छ ।

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार ७३५.४६ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेको छ । कुल २०९ कम्पनीको १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ९९.६६ र जलविद्युत् ८.९७ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०.१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३ं२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ बिन्दुले बढेको छ ।

एनआइस एशिया लघुवित्त कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल पूर्वाधार बैंक ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआइसि एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बंगलादेश बैंक २४ क।ोड ७९ लाख ३७ हजार २५७ र नबिल बैंक २३ करोड १५ लाख ६७ हजार ३२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

वेष्ट फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । यस्तै, एनआइसि एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२ र ग्रीन डेभलपमेन्ट बैंकको सेयर ९.६८ प्रतिशतले बढ्यो । यस्तै, मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७० र मितेरी डेभलपमेन्ट बैंकको सेयर २.५६ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु