ग्राहक ठग्ने बैंक विरुद्धको गुनासो अब अनलाइनबाटै गर्न सकिने, यस्तो छ राष्ट्र बैंकको व्यवस्था



काठमाडौं । अब बैंक तथा वित्तीय संस्था विरुद्ध डिजिटल गुनासो गर्न मिल्ने भएको छ । जसका लागि राष्ट्र बैंकले ‘फाइनान्सियल कन्जुमर प्रोटेक्सन’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले ठगेमा वा उनीहरुको कारोबार चित्त नबुझेमा गुनासो गर्ने ठाँउ नेपाल राष्ट्र बैंक हो ।

सो गुनासो हालसम्म राष्ट्र बैंकमै पुगेर लिखितरुपमा वा गुनासो सुनुवाइ इकाइको इमेलमा पठाएर गर्न सकिने व्यवस्था थियो ।

सो व्यवस्थालाई डिजिटलाइजेसन गर्दै डिजिटल गुनासो प्रयोगमा राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।

‘राष्ट्र बैंकमा हालसम्म फिजिकल वा इमेलमार्फत् मात्र गुनासो गर्न सकिने व्यवस्था थियो, के कस्ता गुनासो आए र कति सामाधान भए÷भएन ट्याकि«ङ्ग गर्ने सिस्टम हालसम्म थिएन’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्तीय संस्था विरुद्ध परेका गुनासोका रेकर्ड राख्न र व्यवस्थित तबरले सो को सुनुवाइ गर्न फाइनान्सियल कन्जुमर पोटेक्सन सञ्चालनमा ल्याइएको हो ।’

यसले हरेक गुनासो निगरानी हुने र सम्बन्धित गुनासोकर्ताले उचित समयमा उचित जवाफ तथा न्याय पाउने सम्भावना बढी हुने उनको भनाइ छ ।

जसका लागि ग्राहकले राष्ट्र बैंकको वेव साइट खोली ‘क्यूक लिंक’ वा रेगुलेसन वा सुपरिवेक्षणकको अप्सनमा क्लिक गरी

‘फाइनान्सियल कन्जुमर पा्रेटेक्सन’ मा गएर आफ्ना गुनासो दर्ता गराउन सक्ने छन् । प्राप्त गुनासोको प्रतिकृया राष्ट्र बैंक गुनासो सुनुवाइ इकाइले तुरुन्तै गर्ने उनको भनाइ छ ।

सरकारको निर्देशनमा २०६३ सालदेखि बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग वा बेवास्ता गरी वा गैर जिम्मेवार कार्य गरी आर्थिक वा गैर–आर्थिक वा दुबै प्रकारको हानी पुग्ने कार्य गरे वा गराए सोझै राष्ट्र बैंकमा उजुरी गर्न पाइने व्यवस्था हालसम्म छ ।

ग्राहकले झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन–दिन असहयोग गरेमा वा प्रचलित कानून, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा गुनासो निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अब गुनासोकर्ताले लिखितरुपमा राष्ट्र बैंकमा नगरी डिजिटल रुपमा गर्न सकिने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंक गुनासो सुनुवाइ इकाइले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा लिखित र टेलिफोनमार्फत् १५ सयभन्दा बढी गुनासो प्रापत भएका छन् ।

प्राप्त गुनासोबाट २५ वटा लिखित गुनासोको सुनुवाइ भएको छ । जसमा लागि गुनासो सुनुवाइ इकाइले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि समेत बोलाएर ३ पटक सम्म छलफल गरी ५ वटा निर्देशन समेत दिइसकेको छ ।

को–को छन्, राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा ?
केन्द्रीय बैंकले ग्राहकहित संरक्षणलाई मध्ये नजर गर्दै राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नरको संयोजकत्वमा गुनासो सुनुवाइ इकाइ गठन गरेको छ ।

जसमा राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर सदस्य, नियमन विभाग र सुपरिवेक्षणका कार्यकारी निर्देशकहरु सदस्य र अर्थ मन्त्रालयलको वित्तीय समन्वय महाशाखाका सह–सचिव सदस्य छन् । साथै, नेपाल बैंकर्स संघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत सदस्य हुन्छन् ।

यसका साथै, राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाले गुनासो सुनुवाइ इकाइ गठन गर्न निर्देशन दिइसकेको छ ।


क्लिकमान्डु