रुरु जलविद्युत् परियोजनाको आइपीओ बाँडफाँट भोलि बिहान साढे ८ बजे



काठमाडौं । रुरु जलविद्युत् परियोजनाको आइपीओ भोलि शुक्रबार विहान साढे ८ बजे हुने भएको छ । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले बैशाख ३ गते बिहान क्यापिटलको कार्यालय नागपोखरीमा बाँडफाँट गरिने जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा करिब १७ लाखले आइपीओका लागि आवेदन दिएका छन् । कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले  ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६र७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ ।


क्लिकमान्डु