युनियन लाइफ इस्योरेन्सको बोनस दर घट्यो



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनसदर अघिल्लो वर्षको भन्दा घटेको छ ।

बीमा समितिले आर्थिक वर्ष २०७५/७६ को बीमा समितिले बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत गर्दै नयाँ बोनसदर स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ को बोनसदर घटेको छ ।

युनियन लाइफमा सबैभन्दा बढी बीमा वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना(२० देखि २४) १० हजार ४४२ जनाले बीमा गराएका छन् । जसको बोनसदर अघिल्लो वर्ष प्रति हजारमा ५० रुपैयाँ थियो । यो वर्ष घटेर २८ रुपैयाँमा झरेको छ ।

कम्पनीको निकै नै लोकिप्रिय मानिएको अग्रिम भुक्तानी आजीवन बीमा योजनाको सबै खाले पोलिसीको बोनसदर घटेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा अग्रिम भुक्तानी तथा आजीवन बीमा योजनामा २५ वर्षभन्दा माथिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर तोकिएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा यो घटेर ४० रुपैयाँमा झरेको छ । यस्तै अग्रिम भुक्तानी बीमा योजना १५ देखि १९ वर्षेका बोनसदर प्रति हजारमा अघिल्लो वर्ष ४५ रुपैयाँ थियो । जुन घटेर २८ रुपैयाँमा आएको छ ।

युनियनले लाइफको अघिल्लो वर्षको तुलनामा बढेको बोनसदर भनेको सावधिक तथा आजीवन बीमा योजनाको हो । जसमा बीमितिको संख्या भने कम छ । सावधिक तथा आजीवनको २५ वर्षभन्दा माथिको बीम योजनामा प्रति हजारमा युनियनले ७२ रुपैयाँ बोनस दिन्छ । जुन अघिल्लो वर्ष ७० थियो । आर्थिक वर्ष २०७५/७६ मा यस्तो बीमा जम्मा ५० जनाले गरेका थिए ।

नयाँ जीवन बीमा कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स बीमा शुल्क आर्जनमा निकै अगाडि छ । प्रथम बीमा शुल्क आर्जनमा युनियनले पुराना र स्थापित भनेका कम्पनीलाई समेत जितेको छ । तर,व्यवसाय बढाउनको लागि गरेको अस्वस्थ प्रतिस्पर्धाको कारण युनियनले बीमितलाई दिनुपर्ने बोनस घटेको हो ।

कम्पनीले केही प्रोडक्टमा भने बोनस दर बढाएको पनि छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको छ । ६२ करोड रुपैयाँ अभिकर्ता कमिसनको लागि दिएको छ ।

हेर्नुहोस् २ वर्षको युनियन लाइफको बोनसदर


क्लिकमान्डु