एनएमबि बैंकको ओम्नि च्यानल प्रयोगगरी नयाँ वर्षमा पैसा पठाउँदा शुल्क नलाग्ने




काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०७८ को अवसरमा बैंकको ओम्नि च्यानलबाट पैसा पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकले नयाँ वर्ष उपभोक्तासँगै मनाउन बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।

प्रत्येक महिनाको पहिलो हप्ता उपभोक्ताले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ । बैंकले प्रेस विज्ञप्ति मार्फत उपभोक्तालाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।

विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैंक अग्रसर हुँदै समुदायस्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा उभ्याउदै लगेको छ ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसंग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी बैंकको वेवसाईट मार्फत प्राप्त गर्न सकिनेछ ।

बैंकले १८० वटा शाखा, १३६ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु