राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण र आन्तरिक लेखा परीक्षण विभाग कार्यालय सर्यो




काठमाडौं । नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग कार्यालय स्थान्तरण भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा रहेको बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग २०७७ चैत ३१ गतेबाट काठमाडौं महानगरपालिकाका वडा नं ४ बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालय परिसरमा स्थानान्तरण भएको हो । अबदेखि सुपरिवेक्षण र परीक्षण विभागको सम्पूर्ण काम कारबाही केन्द्रिय कार्यालयबाटै हुनेछ ।

 


क्लिकमान्डु