अर्थतन्त्रभन्दा जीवन ठूलो हो, एमसीसी पास गर्न नदिनु संविधान विपरीत: प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढिरहेको उल्लेख गर्दै अर्थतन्त्रभन्दा मानवीय जीवन ठूलो भएकाले त्यसमा ध्यान दिनुपर्ने बताएका छन्

शिक्षालय फेरि खुल्न सक्छन्, उद्योग फेरि खुल्न सक्छन् त्यसैले जीवन जोगाउन केही दिन उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए

नयाँ वर्षको उपलक्ष्यमा जनतालाई सम्बोधन गर्दै  उनले सरकार तत्काल लकडाउन भने नगर्ने भन्दै शुरुमा सतर्कताको विधि अपनाउन सबैलाई आग्रह गरे

उनले राजनीतिक अस्थिरता, कोरोना महामारी भए पनि गत वर्ष निरर्थक वर्ष हुन नदिएको समेत दावी गरे

यही महिनादेखि रेल सञ्चालन

प्रम ओलीले जनकपुरमा रेल सही महिनादेखि सञ्चालनमा ल्याउने बताए उनले पहिले नै ल्याएर राखिएको रेल अब सञ्चालन गर्नेजानकारी दिए

मेरो कित्ता कार्यक्रम शुरु

नयाँ वर्ष २०७८ को शुभकामना दिँदै ओलीले सरकारले नयाँ वर्षको शुरुवातमेरो कित्ताको डिजिटल शुरुवात गरिने बताए उनले अबमेरो कित्ता मोबाइल एपबाटै जग्गाधनी पूर्जा, जग्गाको कित्ता हेर्न पाइने बताए

दैनिक साढे किमी सडक

प्रम ओलीले सरकारले दैनिक . किमीका दरलो सडक निर्माण गरिरहेको दावी गरे केही दिन अघि मात्रै ओलीले दैनिक १० किमीसडक निर्माण गरिरहेको दावी गरेका थिए

प्रम ओलीले दैनिक १२ वटा आवास निर्माण, हरेक दिन भन्दा बढी झोलुंगे पुल, हरेक दोस्रो दिन एउटा सडक पुल हरेको तेस्रो दिनएउटा ग्रामीण सडक पुल निर्माण गरेको समेत दावी गरे

पर्यटन क्षेत्रका लागि कार्यक्रम

प्रम ओलीले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको भन्दै पर्यटन क्षेत्रलाई रिभाइभ गराउनका लागि प्रभावकारीकार्यक्रम ल्याउने बताए उनले पर्यटन क्षेत्रलाई फेरि पुरानै लयमा ल्याउन कार्यक्रम ल्याउने बताए

लाख थपिए भत्ता पाउने

प्रधानमन्त्री ओलीले गत वर्षसम्म ३० लाख ६० हजार जनाले सामाजिक सरक्षा भत्ता पाएको उल्लेख गर्दै यो वर्ष लाख जना थपिएकोबताए उनले आगामी बजेटदेखि भत्ता बढाउने बताए ओलीले यस अघि नै वृद्धभत्ता बढाउने बताइसकेका छन्

एमसीसी निर्णयार्थ पेश गर्न दिइएनओली

प्रम ओलीले नेपाली कांग्रेस माओवादीको सरकारले शुरु गरेको एमसीसीलाई संसदमा निर्णयार्थ पेश गर्न नदिएकोमा आक्रोश व्यक्तगरे उनले टेवुलमा गइसकेको भए पनि निर्णयार्थ पेश गर्न नदिनु संविधान विपरीत भएको बताए


क्लिकमान्डु