मोबाइल एपसहितको टीएमएस ल्याउने योजनामा ब्रोकर एसोसियसन



काठमाडौं । ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा मोबाइल एपसहितको कारोबार प्रणाली ९टीएमएस० ल्याउने भएका छन् ।

१० भन्दा बढी देशमा प्रयोग भईरहेको टीएमएस ल्याउनको लागि सम्झौता भई काम अघि बढिसकेको एसोसियसनले जानकारी दिएको छ ।

सेयर व्यवसायीहरु नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पूरा गर्न, अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न तयार रहेको एसोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आधिकारिक प्रतिनिधी तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन ट्रेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र ईन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई थप गति प्रदान गर्ने उद्देश्यका साथ एसोसियसनले काम गरिरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको व्यावसायीक संरचना विकास गरी त्यही स्तरको ब्रोकर सेवा लागानीकर्ताहरुलाई उपलब्ध गराउन ब्रोकरहरु तयार छन् । यसका लागि नियामक निकाय तथा बजार संचालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा ब्रोकरहरुको छ ।

कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्त्य गर्न व्यवसायीहरुको सयुक्त पहलमा १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टीएमएस ल्याउने सम्झौता गरी उक्त प्रणाली स्थानीयकरण/अनुकूलन गर्ने काम तीब्र गतिमा अघि बढाइएको एसोसिएसनले जानकारी दिएको छ ।

सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ सउन १ गतेबाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा एसोसियसनको छ ।

मल्टी एसेस्ट, मल्टी एक्सचेञ्ज ट्रेडिङ प्लापफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।

साथै मोबाइल एप सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान एसोसियसनको विश्वास छ ।

अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राबिधिक विश्लेशण गर्न सकिनगरी यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् ।

लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ ।


क्लिकमान्डु