एक्सेल डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको गत २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले १२ प्रतिशत बोनस सेयर तथा उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।


क्लिकमान्डु