सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड: १२ लाख ९५ हजारको हात खाली



काठमाडौं । सिंगटी हाइड्रो इनर्जीमा आवेदन दिएका १२ लाख ९५ हजार ८० जना आवेदकको हात खाली भएको छ । सिंगटीले निष्कासन गरेको साधारण सेयर बिक्री प्रवन्धक मेगा क्यापिटलले शुक्रबार बाँडफाँड गरेको छ ।

सिंगटीको आइपीओमा आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएक थिए । जसमा आइपीओ पाउनको लागि १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको थिए । ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको थियो ।

योग्य आवेदकबाट प्रतिकित्ता १० को दरले २ लाख ६९ हजार ७ सय जनाले सेयर पाएका छन् ।

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको थियो ।

जसमा ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी भएको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले बिक्री खुल्ला गरिएको थियो ।


क्लिकमान्डु