बिफिनको ५५ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल



काठमाडौं । बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन) ले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

बैक वित्त र बीमा कम्पनीका जनशक्तिलाई सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्न स्थापित कम्पनीले ५५ लाख बराबरको आइपिओ जारी गर्न लागेको जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस विषयमा दुई कम्पनीबीच सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु