२.७४ अंकले बढ्यो नेप्से, यी कम्पनीले कमाए सबैभन्दा धेरै



काठमाडौं । साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३६ अंकमा पुगेको छ । यो दिन १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर छ ।

यो दिन १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २७३ रुपैयाँ ९५ पैसामा कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स र रिलायन्स फाइनान्स छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा युनिभर्सल पावर कम्पनीि, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एनआइस एसिया ग्रोथ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी छन् ।


क्लिकमान्डु