अजोड इन्योरेन्सद्वारा हकप्रदको प्रस्ताव स्थगन



काठमाडौं । अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव स्थगन गरेको छ । चैत २५ गते बुधबा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि गत चैत १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५० प्रतिशत अर्थात् २ः१ कित्ताका दरले हकप्रद दिने निर्णय गरेको थियो ।

तर बीमा समितिले त्यसमा रोक लगाएपछि कम्पनीलाई उक्त प्रस्ताव स्थगत गरेको हो । कम्पनीले साधारण सभामा विशेष प्रस्तावमा हकप्रदको प्रस्ताव पेश गर्ने उल्लेख गरेको थियो ।

यसअघि चैत २३ गते बीमा समितिले हकप्रदको प्रस्ताव स्थगन गर्नका लागि पत्राचार गरेको थियो ।


क्लिकमान्डु