सेयर बजार पूँजीकरण जीडीपी नजिक, नेप्से परिसूचक सबैभन्दा माथि

क्लिकमान्डु २०७७ चैत २४ गते १८:३० मा प्रकाशित

काठमाडौँ । धितोपत्र बजारमा बजार बजार पूँजीकरण नेपालको जीडीपीको आकारको नजिक पुगेको छ ।

मंगलबार बजार पूँजीकरण ३६ खर्ब ९४ अर्ब ४२ करोड पुगेको हो । हाल नेपालको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब ७० करोड पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको रिबेसिङ गरेपछि जीडीपीको आकार बढेको थियो । विगतमा लिइएको आधार वर्षलाई प्रतिस्थापन गरी नयाँ सन् २०१० लाई नयाँ आधार वर्ष तय गरेको थियो ।

मंगलबार नेप्से परिसूचक पनि हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५।७२ अङ्कले बढेर २६७४।४६ मा पुगेको छ ।

कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स