सोमबारसम्म रूरू जलविद्युतको आइपीओमा १३ लाख बढीले दिए आवेदन



काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा चाैथाे दिनसम्म साढे १३ लाख बढीले आवेदन दिएका छन् । सोमबार साढे ५ बजेसम्म कम्पनीको आइपीओमा साढे १३ लाख ७ हजार २४२ जनाले आवेदन दिएका छन् ।

कम्पनीका अनुसार आइतबार साँझसम्म कुल १ करोड ८६ लाख ९७ हजार ५७० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी जम्मा १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीको आह्वान गरेको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाइनेछ । त्यसैगरी न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७७र७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६र७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिछेड छ ।


क्लिकमान्डु