नेप्से झिनो अंकले बढ्यो, यी कम्पनीले कमाए सबैभन्दा धेरै



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १.१३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगगेको छ । आइतबार रेकर्ड कायम गरेको नेप्से परिसूचकले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको हो ।

यो दिन १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेय ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५५ रुपैयाँमा कारोबार भएको छ । यो दिन ७८ कम्पनीका सेयरधनीले कमाउँदा ११४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा गुँरास फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वाभिमान लघुवित्त, सप्तकोसी डेभलपमेन्ट, लुम्बिनी जनरल इन्योरेन्स कम्पनी छन् ।

कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल टेलिकम छन् ।


क्लिकमान्डु