आइएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको अनुपात संस्थापक सेयरधनी समूहतर्फ ६० प्रतशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४० प्रतिशत कायम रहेकोमा त्यसलाई संशोधन गरी सेयरधनी समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम हुने गरी प्रबन्धपत्र समेत संशोधन गर्ने भएको छ ।

कम्पनीले आगामी बैशाख १२ गते आइतबारका लागि केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा साधारण सभा बोलाएको छ । साथै कम्पनीको बैशाख २ गतेदेखि १२ गतेसम्म सेयर दाखिला खारेज दर्ता बन्द गर्नेछ ।


क्लिकमान्डु