नागरिक लगानी कोषले घोषणा गर्यो लाभांश



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कोषको चैत २१ गते विहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८.८९ प्रतिशत अर्थात् २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद  (कर प्रयोजनका लागि समेत) लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु