सुन आयातको कोटा बढ्यो, अब दैनिक २० केजी आयात गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको छ ।

यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०७६ अनुसा सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि, २०६८ को बुँदामा संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो ।


क्लिकमान्डु